Skip to main content
asblog
  • Home
  • Investing
    • New Post
    • Stock Market
    • Materials
    • My Rules
  • Blog
  • Updates
  • High 5
  • Tech
  • Photography
  • Gallery
  • Others
  • Contact

इन्टरनेटको इतिहास

June 25, 2021 at 6:52 pm, No comments

डब्ल्युडब्ल्युडब्ल्यु वा वर्ल्ड वाइड वेबको जन्म सन् १९८९ मार्च १२ वा नेपाली पात्रो अनुसार विसं २०४५ फागुन २९ गते पारमाणविक अध्ययनका लागि युरोपेली संस्था, सर्न,मा भएको थियो।

जेनेभामा मुख्यालय भएको भएपनि सो संस्थामा १०० भन्दा बढी देशमा रहेका १० हजारजना भन्दा बढी वैज्ञानिकहरू जोडिएका थिए। उनीहरूका लागि भरपर्दो सञ्चार माध्यमको आवश्यकता थियो।

यसको जन्मदाता थिए बेलायती भौतिकशास्त्री तथा इञ्जिनियर टिम बर्नर्स-ली जसले ती सबै वैज्ञानिकहरूबिच सुरक्षितरूपमा आफ्नो अध्ययनका बारेमा जानकारी आदानप्रदान गर्न 'सूचना व्यवस्थापन प्रणाली'को प्रस्ताव गरेका थिए।

बर्नर्स-लीका तत्कालिन हाकिम मार्क सेन्डलले त्यो प्रस्तावलाई 'अस्पष्ट तर चाखलाग्दो' भनेका थिए।

आज वेब हरपल थपिइरहने अनगिन्ती फाइल, तस्वीर र सञ्जालको विशाल सूचना भण्डार बनेको छ।

तर ३० वर्ष अगाडी बर्नर्स-लीले आफ्नो कम्प्युटरमा आफ्नो आविष्कार राखेका थिए र यसलाई हाइपरटेक्स्ट ट्रान्सफर प्रोटोकल भनेर नाम दिएका थिए। आज हामीले इन्टरनेटका ठेगाना दिदाँ देख्ने एचटीटीपी उनले दिएको नामको छोटकरी रूप हो।

उनले वेब शुरु गरेको साधारण विचार थियो - सूचना व्यवस्थापन: एक प्रस्ताव

त्यसको एक वर्षपछि सन् १९९० डिसेम्बर २० मा वेब आन्तरिक प्रयोजनका लागि र सन् १९९१ अगस्टमा सर्वसाधारणका लागि उपलब्ध गराइएको थियो।

सन् १९९३ अप्रिल ३० मा यसको धेरै प्रयोग होस् भनेर पारमाणविक अध्ययनका लागि युरोपेली संस्था सिइआरएनले वेबको सफ्टवेयर सार्वजनिक गरेको थियो।

बाँकीको इतिहास सबैका सामु छ - वेब इन्टरनेटको पर्यायवाची बन्यो।

त्यो बेलाको प्रविधि

त्यो बेलाको प्रविधि कस्तो थियो त? त्यो बेला न विण्डोज थियो न गुगल क्रोम।

व्यक्तिगत कम्प्युटर औंलामा गन्न सकिन्थ्यो, र प्रविधि बजार सारै नै प्राविधिक र हेर्दा दिक्कलाग्दो थियो।

इन्टरनेटको एकमात्र प्रयोग भनेको केही इमेल र फाइल पठाउने थियो।

र इन्टरनेट चलाउनका लागि फोन जोड्ने तारबाट काम चलाउनु पर्ने बाध्यता थियो जसका लागि धैर्यता आवश्यक थियो। किनभने इन्टरनेटमा जोडिन र फाइल पठाउन लामो समय लाग्थ्यो।

अहिले फोरजीको जमानामा हामी द्रुत गतिको इन्टरनेट चलाउछौँ र केही सेकेण्ड इन्टरनेट चलेन भने दिक्क मान्छौँ तर त्यो बेला इन्टरनेट चलाउन दिक्दारी व्यवस्थापन गर्न जान्नुपर्दथ्यो।

पहिलो वेबपेज पनि आजको हिसाबले उस्तै दिक्कलाग्दो थियो। केही खैरो बाकसमा भएका अक्षरहरू तर त्यो बेला त्यही पनि ठूलो आविष्कार थियो।

अनि साँच्चै त्यो बेला गुगलजस्तो सर्च इन्जिन पनि थिएन।

No comments

Leave a reply







Recent Posts

  • NPost
    7 Feb, 2022
  • Post
    7 Feb, 2022
  • 2022 मा नया Business Idea (कम लगानिमा । )
    15 Jan, 2022
  • 2022 मा नेपालमा घुम्नु पर्ने १० सुन्दर ठाउँहरु |
    13 Jan, 2022
  • NFT भनेको के हो?
    12 Jan, 2022
  • Post 12
    20 Nov, 2021
  • Post 11
    11 Nov, 2021
Created with Mozello - the world's easiest to use website builder.

Create your website or online store with Mozello

Quickly, easily, without programming.

Report abuse Learn more