आजदेखि सवारी साधनको कर अनलाइनबाटै तिर्न सकिने
आज शुक्रबारदेखि सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशको राजधानी हेटौडाबाट यो सेवाको उद्घाटन गर्ने छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट दुबैबाट रकम भुक्तानी गर्न सकिने छ ।
यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएर्स) तयार पारेको छ । यो सेवा क्रमिक रुपमा अन्य प्रदेशका यातायात व्यवस्था कार्यालयमा पनि विस्तार गर्ने केन्द्र सरकारको योजना छ छ ।
मोबाइल सेटको दर्ता गर्न नेपाल दूरसञ्चार प्रधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले माबाइल सेटको आईएमइआई (IMEI) दर्ता गर्न आग्रह गरेको छ ।
प्राधिकरणले मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई थप व्यवस्थीत गर्ने प्रयोजनाका लागि दर्ता गर्न आग्रह गरेको हो ।
नेपालमा मोवाइल सेटको आयात गर्नु पूर्व अनिवार्य रुपमा प्राधिकरणबाट स्तर स्वीकृत गर्नुपर्ने तथा आईएमइआई नम्बर दर्ता गर्नुपर्ने प्रावधान रहेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्ने गरी कार्य तिब्रताका साथ अघि बढेको सन्दर्भमा देहाय बमोजीम स्पष्ट गरीएको प्रधिकरणले जनाएको छ ।
प्रधिकरणका नुसार व्यवसायिक हिसाबले नियमअनुसार आयात भएर नेपालमा नै खरिद गरेको माबाइल सेटको हाल पुन आईएमइआई दर्ता गर्नु पर्दैन ।
व्यक्तिगत तवरले विदेशबाट आयात भएर प्रयाग भइरहेको सेटमा ग्राहकको दुरसञ्चार सेवा अवरुद्ध नहुनेगरी व्यवस्था मिलाइएको र अवरुद्ध आई एम इआई दर्ता प्रणाली सुचारु भएपछि थप अचित समय प्रदान गरी दर्ता गर्ने प्रबन्ध मिलाइने छ ।
साथै नेपालमा मोबाइल सेट खरिद गर्दा नियमअनुसार आयात भएर प्राधिकरणमा दर्ता भएका मोबाइल सेट खरिद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिएर खरिद गर्न दूरसञ्चारले आग्रह समेत गरेको छ ।
युरो र कोपा कपले नेपालको इन्टरनेट ट्राफिक बढयो

नेपालमा अहिले चलिरहेको युरो तथा कोपा अमेरिका कपले नेपालको इन्टरनेट ट्राफिक ह्वातै बढाएको छ ।
विशेषगरी नेपाली समय अनुसार रातिको समयमा हुने यी खेलका कारण इन्टरनेट व्यान्डवीथ अत्याधिक खपत भइरहेको पाइएको हो ।
अहिले दुवै फुटबल कपको सेमिफाइनल गेम चलिरहेको छ । फुटबल चलिरहेको कारण अघिकांश मानिस फुटबल हेर्नकै लागी भएपनि नसुत्ने र इन्टरनेट तर्फनै ध्यान केन्द्रीत गर्दा नेपालको इन्टरनेटमा प्रेसर परेको हो ।
गत क्वाटर फाइनलदेखि इन्टरनेट सेवा व्यापक रुपमा प्रयोग भएको पाइन्छ । नेपालको आन्तरिक इन्टरनेट ट्राफिक उकालो लाग्दै गएको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ ।
अहिले झन अन्तिम गेमहरु चलिरहेको समयमा फुटबल प्रेमिको ध्यान त्यसै तर्फ भएको कारणपनि ट्राफिक बढ्दै जाने अनुमान गरिएको छ ।
हाल नेपाल भित्रको इन्टरनेट ट्राफिक मापन इन्टरनेट एक्सचेन्ज नेपालले गर्ने गरेको छ ।
जसका अनुसार अहिले दैनिक इन्टरनेटको ट्राफिक ४९.८८९ जीबीसम्म पुगेको छ । हालसम्म नेपाल भित्र यति धेरै इन्टरनेट प्रयोग नभएको एनपीआईएक्सका भनाई छ ।
युरो कप तथा कोपा कप सुरु भएपछि एकैपटक इन्टनेटको प्रयोग बढ्ने गरेको छ । यो सँगै नेपालको इन्टरनेटले पहिलो पटक यति धेरै इन्टरनेट प्रयोगको रेकर्ड समेत राखेको छ ।
अघिपछिको समयमा प्रतिसेकेन्ड १० देखि १२ जीबीसम्म इन्टरनेट ट्राफिक पुग्थ्यो । यो भन्दा अघिको बिश्वकपमा ३० जीबीपीएससम्म पुगेको थियो ।
पछिल्लो समय केबल टेलिभिजन भन्दापनि आईपी टिभिबाट फुटबललगायत सबै सामाग्री ग्राहकले हेर्ने गरेकाले पनि इन्टरनेटको चाँप धेरै रहेको छ ।
स्मार्ट टेलिकमको ऐतिहासिक अफरः दुई मिनेटपछि सित्तैमा बोल्न पाइने
काठमाडौं । स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘ दुई पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटीनेछ त्यसपछि २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुनेछ ।
स्मार्ट टेलिकमले यस अफरले आफ्ना प्र्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले आफ्ना प्रयोगकर्ताहरुमा उत्साह र उमंग आउनेछ भनि विश्वास लिएको छ ।
प्र्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् ।
अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।
स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगको असिमित पहुँच अझ सहज हुनेछ ।
यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताले निःशुल्क *१४१*१*५*१#डायल गर्नु सक्नेछन् । स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिँदै आएको छ ।
सवारी लाइसेन्सको नवीकरण तथा कर भुक्तानी अब नागरिक एपबाटै
यातायात सम्बन्धि सेवालाई प्रविधिमैत्री र सहज बनाउन यो व्यवस्था गर्न लागिएको भन्दै मन्त्रालयले नागरिक एपमा रहेको सवारी कर पोर्टलमा आफ्नो सवारीको विवरण अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।
बागमती प्रदेशका यातायात व्यवस्था/सेवा कार्यालयमा दर्ता भएका तथा नवीकरण गरिएका सवारीहरुको विवरण अद्यावधिक गर्ने काम भइरहेकाले विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।
तत्काल नागरिक एपमा आफ्नो सवारीसाधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजस्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ । आउँदो साउन १ देखि भने नागरिक एपबाटै सवारी साधनको राजस्व भुक्तानी समेत गर्न सकिने बताइएको छ ।
“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको बैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको थियो ।
नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याईएको थियो ।
पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बिमा कार्यक्रम समेत थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो ।
नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरु समेटिने छन् ।
त्रिविले विभिन्न विश्वविद्यालयको प्रमाणपत्रको मान्यता सेवा अब अनलाइनबाटै दिने
काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।
विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ ।असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिएका छन् । उनलाई केन्द्रका कार्यकारी निर्देशक प्रा डा पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गरे ।
सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे ।