युरो र कोपा कपले नेपालको इन्टरनेट ट्राफिक बढयो

नेपालमा अहिले चलिरहेको युरो तथा कोपा अमेरिका कपले नेपालको इन्टरनेट ट्राफिक ह्वातै बढाएको छ ।
विशेषगरी नेपाली समय अनुसार रातिको समयमा हुने यी खेलका कारण इन्टरनेट व्यान्डवीथ अत्याधिक खपत भइरहेको पाइएको हो ।
अहिले दुवै फुटबल कपको सेमिफाइनल गेम चलिरहेको छ । फुटबल चलिरहेको कारण अघिकांश मानिस फुटबल हेर्नकै लागी भएपनि नसुत्ने र इन्टरनेट तर्फनै ध्यान केन्द्रीत गर्दा नेपालको इन्टरनेटमा प्रेसर परेको हो ।
गत क्वाटर फाइनलदेखि इन्टरनेट सेवा व्यापक रुपमा प्रयोग भएको पाइन्छ । नेपालको आन्तरिक इन्टरनेट ट्राफिक उकालो लाग्दै गएको इन्टरनेट एक्सचेन्ज नेपालले जनाएको छ ।
अहिले झन अन्तिम गेमहरु चलिरहेको समयमा फुटबल प्रेमिको ध्यान त्यसै तर्फ भएको कारणपनि ट्राफिक बढ्दै जाने अनुमान गरिएको छ ।
हाल नेपाल भित्रको इन्टरनेट ट्राफिक मापन इन्टरनेट एक्सचेन्ज नेपालले गर्ने गरेको छ ।
जसका अनुसार अहिले दैनिक इन्टरनेटको ट्राफिक ४९.८८९ जीबीसम्म पुगेको छ । हालसम्म नेपाल भित्र यति धेरै इन्टरनेट प्रयोग नभएको एनपीआईएक्सका भनाई छ ।
युरो कप तथा कोपा कप सुरु भएपछि एकैपटक इन्टनेटको प्रयोग बढ्ने गरेको छ । यो सँगै नेपालको इन्टरनेटले पहिलो पटक यति धेरै इन्टरनेट प्रयोगको रेकर्ड समेत राखेको छ ।
अघिपछिको समयमा प्रतिसेकेन्ड १० देखि १२ जीबीसम्म इन्टरनेट ट्राफिक पुग्थ्यो । यो भन्दा अघिको बिश्वकपमा ३० जीबीपीएससम्म पुगेको थियो ।
पछिल्लो समय केबल टेलिभिजन भन्दापनि आईपी टिभिबाट फुटबललगायत सबै सामाग्री ग्राहकले हेर्ने गरेकाले पनि इन्टरनेटको चाँप धेरै रहेको छ ।