Skip to main content
asblog
  • Home
  • Investing
    • New Post
    • Stock Market
    • Materials
    • My Rules
  • Blog
  • Updates
  • High 5
  • Tech
  • Photography
  • Gallery
  • Others
  • Contact

त्रिविले विभिन्न विश्वविद्यालयको प्रमाणपत्रको मान्यता सेवा अब अनलाइनबाटै दिने

July 6, 2021 at 10:08 am, No comments

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयले स्वदेशी र विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाबाट उपाधि हासिलको शैक्षिक प्रमाणपत्रको उपाधि मान्यता तथा समकक्षता सेवा अनलाइन माध्यमबाटै दिन थालेको छ ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले वेबसाइटमार्फत सेवाग्राहीले अनलाइनमा आवेदन दिन र शुल्क तिर्न सक्ने व्यवस्था शुरु गरेको हो । देशका विभिन्न स्थानबाट समकक्षताका लागि कीर्तिपुरस्थित केन्द्रको कार्यालयमा नै आएर आवेदन दिनुपर्ने झन्झट अब अन्त्य भएको छ ।असार २० गते अनलाइनको प्रयोगबाट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर घर भई नेपाली सेनाको श्रीकालीध्वज गण नवलपरासीमा कार्यरत उपसेनानी गणेश चन्दले यो सेवा लिएका छन् । उनलाई केन्द्रका कार्यकारी निर्देशक प्रा डा पारसनाथ यादवले समकक्षता प्रमाणपत्र हस्तान्तरण गरे ।

सेवाग्राही चन्दले यसरी सेवा लिँदा कागजात रुजु गराउन झ्यालमा लाइन बस्न र शुल्क बुझाउन बैंकमा लाइन लाग्नु नपर्ने भएकामा खुशी व्यक्त गरे ।


No comments

Leave a reply







Recent Posts

  • आजदेखि सवारी साधनको कर अनलाइनबाटै तिर्न सकिने
    24 Jul, 2021
  • HIGHEST DIVIDEND PAYING STOCKS IN NEPAL 2020/ 2021
    16 Jul, 2021
  • पब्जी वर्ल्ड २०२१ प्रतियोगिता हुने। नेपालीले पनि भाग लिने l
    11 Jul, 2021
  • मोबाइल सेटको दर्ता गर्न नेपाल दूरसञ्चार प्रधिकरणको आग्रह
    8 Jul, 2021
  • युरो र कोपा कपले नेपालको इन्टरनेट ट्राफिक बढयो
    7 Jul, 2021
  • स्मार्ट टेलिकमको ऐतिहासिक अफरः दुई मिनेटपछि सित्तैमा बोल्न पाइने
    6 Jul, 2021
  • सवारी लाइसेन्सको नवीकरण तथा कर भुक्तानी अब नागरिक एपबाटै
    6 Jul, 2021
Created with Mozello - the world's easiest to use website builder.

Create your website or online store with Mozello

Quickly, easily, without programming.

Report abuse Learn more