Skip to main content
asblog
  • Home
  • Investing
    • New Post
    • Stock Market
    • Materials
    • My Rules
  • Blog
  • Updates
  • High 5
  • Tech
  • Photography
  • Gallery
  • Others
  • Contact

सवारी लाइसेन्सको नवीकरण तथा कर भुक्तानी अब नागरिक एपबाटै

July 6, 2021 at 10:44 am, No comments
काठमाडौं । अब सवारी साधनको नवीकरण नागरिक एपबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बाग्मती प्रदेशमा दर्ता भएका सवारी साधनको नवीकरण नागरिक एपबाटै गर्न सकिने भएको हो ।बाग्मति प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले एक सूचना प्रकाशित गरेर सवारीको कर, जरिवाना तथा अन्य दस्तुर र बीमा रकम नागरिक एपबाटै तिर्न सकिने व्यवस्था गर्न लागिएको जनाएको हो ।

यातायात सम्बन्धि सेवालाई प्रविधिमैत्री र सहज बनाउन यो व्यवस्था गर्न लागिएको भन्दै मन्त्रालयले नागरिक एपमा रहेको सवारी कर पोर्टलमा आफ्नो सवारीको विवरण अद्यावधिक गराउन समेत आग्रह गरेको छ ।

बागमती प्रदेशका यातायात व्यवस्था/सेवा कार्यालयमा दर्ता भएका तथा नवीकरण गरिएका सवारीहरुको विवरण अद्यावधिक गर्ने काम भइरहेकाले विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।

तत्काल नागरिक एपमा आफ्नो सवारीसाधनको विवरण तथा बाँकी रहेको कर विवरण र भुक्तानी गरेको राजस्व विवरण हेर्न सकिने सुविधा प्राप्त हुनेछ । आउँदो साउन १ देखि भने नागरिक एपबाटै सवारी साधनको राजस्व भुक्तानी समेत गर्न सकिने बताइएको छ ।

“सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा” भन्ने नाराका साथ गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गएको बैशाख १९ गते फुल भर्सन सार्वजनिक गरिएको थियो ।

नेपाल सरकारद्वारा प्रदान गरिने सवै किसिमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याईएको थियो ।

पछिल्लो समय एपमा पुलिस क्लियरेन्स रिपोर्ट र स्वास्थ्य बिमा कार्यक्रम समेत थपिएका छन् । एपबाटै क्युआर स्क्यान गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । सुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो ।

नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरु समेटिने छन् ।


No comments

Leave a reply







Recent Posts

  • आजदेखि सवारी साधनको कर अनलाइनबाटै तिर्न सकिने
    24 Jul, 2021
  • HIGHEST DIVIDEND PAYING STOCKS IN NEPAL 2020/ 2021
    16 Jul, 2021
  • पब्जी वर्ल्ड २०२१ प्रतियोगिता हुने। नेपालीले पनि भाग लिने l
    11 Jul, 2021
  • मोबाइल सेटको दर्ता गर्न नेपाल दूरसञ्चार प्रधिकरणको आग्रह
    8 Jul, 2021
  • युरो र कोपा कपले नेपालको इन्टरनेट ट्राफिक बढयो
    7 Jul, 2021
  • स्मार्ट टेलिकमको ऐतिहासिक अफरः दुई मिनेटपछि सित्तैमा बोल्न पाइने
    6 Jul, 2021
  • सवारी लाइसेन्सको नवीकरण तथा कर भुक्तानी अब नागरिक एपबाटै
    6 Jul, 2021
Created with Mozello - the world's easiest to use website builder.

Create your website or online store with Mozello

Quickly, easily, without programming.

Report abuse Learn more