आजदेखि सवारी साधनको कर अनलाइनबाटै तिर्न सकिने
July 24, 2021 at 3:20 pm,
No comments
आज शुक्रबारदेखि सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशको राजधानी हेटौडाबाट यो सेवाको उद्घाटन गर्ने छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट दुबैबाट रकम भुक्तानी गर्न सकिने छ ।
यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएर्स) तयार पारेको छ । यो सेवा क्रमिक रुपमा अन्य प्रदेशका यातायात व्यवस्था कार्यालयमा पनि विस्तार गर्ने केन्द्र सरकारको योजना छ छ ।